२०८० मंसिर १३ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । भारतको पूर्वोत्तर राज्य मिजोरममा निर्माणाधीन रेलवे पुल भत्किँदा १७ जनाको मृत्यु भएको छ । मिजोरमका मुख्यमन्त्री जोरामथन्गाले दुर्घटनाबारे जानकारी दिँदै त्यहाँ रहेका कम्तिमा पनि १७ जना कामदारको मृत्यु भएको बताएका छन् ।

मिजोरमका प्रहरी अधिकारीका अनुसार पुल भत्किने समयमा त्यहाँ ३५ देखि ४० जनाजति कर्मचारी÷मजदुर कार्यरत थिए । पुलको भग्नावशेषमा अझै धेरै व्यक्ति पुरिएका हुन सक्ने आशंका गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार नै मृतकका परिवारलाई जनही दुई लाख र घाइतेको उपचारको लागि प्रतिव्यक्ति ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।