
बारा । बारामा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
तीर्थ यात्री बोकेको मधेस प्रदेश ०३-००१ ख७ ९९४ नम्बरको बस चुरियामाई नजिकै आज बिहान करिब २ बजे को समयमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए ।

उक्ति दुर्घटनामा परी १८ जना घाइते भएका छन् । ऊनीहरुको हेटौंडाको विभिन्न अस्पताल मा उपचार भैरहेको छ । प्रहरीका अनुसार पशुपतिनाथको दर्शन गरी काठमाडौंबाट जानकपुर जादै गरेको बस १०० मिटर दक्षिण तर्फको खोलामा खसेको हो ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।