
काठमाडौं । कीर्तिपुरमा चितुवाले आक्रमण गर्दा एकजना घाइते भएका छन ।
कीर्तिपुरको थापागाउँमा कुखुरापालन गरेको ठाउँमा राति एक व्यक्तिलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको र उनको अवस्था सामान्य रहेको कीर्तिपुर नगरपालिका वडानम्बर ४ का कार्यवाहक वडा अध्यक्ष दिनेशचन्द्र दाहालले बताए ।

चितुवाको उद्धार जारी छ । घाइते ब्यक्तिको उपचार भैरहेको छ ।