२०८० मंसिर १६ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

जनकपुरधाम । जनकपुर जलेश्वर सडक खण्डमा स्कुल बसको ठक्कर बाट एक जनाको मृत्यु भ​एको छ ।

जनकपुरधामको मिथिला इन्ष्टिच्युट अफ टेक्नोलोजी (मिट) स्कुलको बा २ क १५३६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ज ८ प ९२६७ मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भ​एको हो ।

मृत्यु हुनेमा जलेश्वर नगरपालिका ९ बस्ने ३५ वर्षीय सन्तोष यादव रहेको प्रहरी ले जनाएको छ । बसले दिँदा मोटरसाइकल चालकको मृत्यु भएको विरोधमा स्थानीय बासिन्दाले सडक बन्द गराएका छन । बसको ठक्करबाट घाइते भएका यादवको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरिक्षक दिलिपकुमार गिरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।