
काठमाडौँ । नारायणी नदीमा हाम फालेर एक महिला बेपत्ता भएकी छ्न ।
गैँडाकोटका प्रहरीका अनुसार पश्चिम नवलपरासीको सरावल गाउँपालिका-१ सालबास बस्ने गंगाकुमारी फौजदार (थारु) गैँडाकोटतर्फबाट नदीमा हामफालेर बेपत्ता भएकी हुन ।

महिलाको परिवार सम्पर्कमा आएपछि हिजो रातीदेखि नै खोजी सुरु गरे पनि नभेटिएको प्रहरीले जनाएको छ । नदीमा बाढी आइरहेकाले खोजी गर्न समस्या भएको हो । प्रहरीले नदीमा हामफाल्नुको कारण नखुलेको जनाएको छ ।