
काठमाडौं । आज सुनको मूल्य स्थिर र चाँदीको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य शुक्रबार जस्तै एक लाख ११ हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । ।
तेजावी सुनको मूल्य एक लाख १० हजार ५५० रुपैयाँ छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको प्रतितोला मूल्य १४ सय ६५ रुपैयाँ कायम भएको छ । शुक्रबार १४ सय ५० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।