२०८० मंसिर १६ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । धनगढीको स्वस्तिक कार्डियो एन्ड मल्टिस्पेसियालिटी अस्पतालमा पत्थरीको शल्यक्रिया गरेका बिरामीको मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका– १०, शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरी रहेका छन् ।

आफन्तका अनुसार दुबै मिर्गौलामा पत्थरी भएका चौधरीको पत्थरीको शल्यक्रियाका लागि शनिबार बिहान उनलाई अस्पताल भर्ना गरिएको थियो। बायाँ मिर्गौलाको पत्थरीको शल्यक्रिया गर्न शनिबार दिउँसो उनलाई शल्यक्रिया कक्षमा लगिएको थियो। दूरबिनबाट शल्यक्रिया गरेर पत्थरी झिकिएको थियो।

पत्थरीको अप्रेसनका क्रममा अत्यधिक रक्तस्राव भएको थियो । चिकित्सकले मिर्गौला फाल्नु पर्ने बताएको र त्यसपछि फेरि अप्रेसन गरिएको पारिवारिक श्रोतले जनाएको छ । त्यस क्रममा उनको मृत्यु भएको राजकुमार चौधरीले जानकारी दिएका छन् । चौधरीको उपचारमा चिकित्सकले लापरबाहीका गरेको उनका आफन्तहरूले बताइरहेका छन् ।

अहिले मृतकका आफन्तहरूले घटनाको छानबिन गरी लापरबाही गर्ने चिकित्सकलाई कारबाही र क्षतिपूर्तिको माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।