
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडानका लागि भुटानको वायुसेवा कम्पनी रोयल भुटान (ड्रुक एयर)ले अनुमति मागेको छ।
रोयल भुटानले भदौ २३ गते (सेप्टेम्बर ९ देखि) चार्टर्ड उडानका लागि नेपाल नागरिक उड्डयनसँग अनुमति मागेको हो।

रोयल भुटानले चार्टर्ड उडानको रिपोर्ट प्राप्त भएपछि ड्रुकले पारो-पोखरा-पारो दैनिक नियमित उडान प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले बताए। साथै नियमित सफल भएमा पारो-पोखरा-दिल्ली र दिल्ली-पोखरा-पारो उडान गर्ने कम्पनीको योजना रहेको छ।
उक्त एयरलाइन्सले हाल पारो-काठमाडौं एक हप्तामा सातवटा नियमित उडान गर्दै आएको छ।