
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सिम्रिक एयरका अध्यक्ष रामेश्वर थापालाई जरिवाना तिराउने निर्णय गरेको छ ।
प्राधिकरणको काममा बाधा पुर्याएको तथा स्पष्टीकरण पत्रको समेत अवज्ञा गरेको भन्दै थापालाई १० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको हो ।

प्राधिकरणले दुर्गम भेगमा प्रतिकुल मौसमको कारणले हुने हवाई दुर्घटना न्यूनीकरणको लागि भन्दै लागू गरेको नियम विरुद्ध गलत प्रचार गरेको भन्दै स्पष्टीकरण सोधेको थियो । यद्यपि ७ दिन भित्र स्पष्टीकरण नदिएको र आदेश तथा निर्देशनको अवज्ञा गरेको प्राधिकरणको ठहर छ ।