२०८१ बैशाख १ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको पत्नी चढेको काठमाडौँ महानगरको सरकारी गाडी रोकेको विषयमा सचिवालय प्रेस विज्ञप्ति जारी गर्दै स्पष्ट पारेको छ । यो विषय आज दिन भरी सामाजिक संजाल र सञ्चारमाध्यममा चर्चा बनेको छ ।

यस विषयमा मेयर बालेनको सचिवालयले सुत्केरी अवस्थामा रहेकी बालेन पत्नी सबिना काफ्ले अस्पताल बाट फर्किने क्रममा सो घटना भएको जानकारी दिदै ट्राफिक प्रहरीले आक्रामक व्यवहार गरेको बताएको छ । सचिवालयले गाडी मेयर बालेनको हो र भित्र उनको पत्नी बसेको जानकारी गराएपछि ट्राफिक प्रहरीको व्यवहार झन् आक्रामक भएको भन्दै सामान्य मानवीय समवेदना समेत नदेखाइएको बताएको छ ।

प्रसव पीडा र शारीरिक समस्यामा रहेकी एवम् नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित बनेकी महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको व्यवहार असभ्य, निन्दनीय तथा खेदजनक रहेको बालेनको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रेस विज्ञप्ति

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।