२०८१ बैशाख १ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौँ । अनलाइनमार्फत झुट्टा ‘रिसिप्ट’ पठाई नेपाली रु १० लाख ९५ हजार पाँच सय रकम ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एकजना लाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका–७ घर भई हाल काठमाडौँ गोठाटार बस्ने २२ वर्षीय सुशन घिमिरे रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

पक्राउ परेका घिमिरेले अनलाइन पेजमार्फत विभिन्न डिजाइनका गरगहना तथा अन्य सामान बिक्री गर्ने गरेकामा सामाजिक सञ्जाल इन्स्ट्राग्राममा झुट्टा रिसिप्ट पठाई पीडितलाई झुक्यानमा पारी ठगी गर्ने कार्यमा संलग्न रहेको खुल्न आएको छ ।

पक्राउ परेका घिमिरेलाई ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।