२०८० फाल्गुन ९ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने तयारी गरेको छ ।

विमानस्थल भन्सारबाट जाँचपास भएर बाहिरिएको अवस्थामा गत साउन २ गते सिनामंगलबाट ठूलो मात्रामा करिब ६१ किलो सुन बरामद भएको थियो ।

पक्राउ परेकाहरुलाई थुनामा राख्ने हदम्यादसम्बन्धी प्रावधानका कारण सिआइबीले आज अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने तयारी गरेको हो । ६० दिनभित्र अदालतमा अभियोग दर्ता गरिसक्नुपर्नेछ। प्रहरीले आरोपीहरु पक्राउ गरी अनुसन्धान सुरु भएको आज ५६ दिन पुग्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।