२०८० फाल्गुन १९ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । एप्पलको आइफोन १५ सिरिज सार्वजनिक भएको छ । मंगलबार एप्पल इभेन्टमार्फत आइफोन १५ सिरिज सार्वजनिक भएको हो । यो सिरिज विश्वकै प्रतीक्षित सिरिज मानिएको छ ।

कम्पनीले आइफोन १५ सिरिजअन्तर्गत आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स गरी ४ मोडल सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार आइफोन १५ र आइफोन १५ प्लस १२८ जिबी, २५६ जिबी र ५१२ जिबीमा उपलब्ध हुनेछ। आइफोन १५ प्रो यीबाहेक १ टिबी स्टोरेज क्षमता भएको भेरियन्टसम्म उपलब्ध हुनेछ भने आइफोन १५ प्रो म्याक्स २५६ जिबी स्टोरेज क्षमतादेखि १ टिबी को भेरियन्टमा उपलब्ध हुने छ ।

आइफोनका विभिन्न सिरिजका मुल्य यश प्रकारका छन् ।
आइफोन १५
सुरुआती मूल्य ७९९ अमेरिकी डलर (भारु ७९,९००)
आइफोन १५ प्लस
सुरुआती मूल्य भने ८९९ अमेरिकी डलर (भारु ८९,९००), आइफोन १५ प्रो
९९९ अमेरिकी डलर (भारु १,३४,९००)
आइफोन १५ प्रो म्याक्सको
१,१९९ अमेरिकी डलर (भारु १,५९,९००)
शुक्रबारदेखि प्रि-अर्डर समेत सुरू गर्ने कम्पनीले जनाएको छ।

आइफोन १५ सिरिजसँगै कम्पनीले एप्पल वाच अल्ट्रा २ र एप्पल वाच सिरिज ९ पनि सार्वजनिक गरेको छ। एप्पलले आइफोन १५ सिरिज र एयरपड्स प्रो डिभाइसहरूमा युएसबी-सी चार्जिङ केबल प्रदान गर्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।