२०८० फाल्गुन १९ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । एसियाली खेलकुदको पुरुष क्रिकेटका लागि नेपाली टोली घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ(क्यान)ले आज एसियाली खेलकुदमा सहभागी हुने १५ खेलाडीको टिम घोषणा गरेको हो। जसमा विनोद भण्डारी र विवेकुमार यादवले लामो समयपछि टिममा फर्किएका छन्।

रोहित पौडेलको कप्तानीमा घोषणा भएको टिममा करण केसी, प्रतिश जिसी, आशिफ शेख, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, सन्दीप जोरा, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, अविनाश बोहरा र सन्दीप लामिछाने छन् ।

२३ सेप्टेम्बरदेखि चीनको हाङझाओमा एसियाली खेलकुद हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।