२०८० फाल्गुन १९ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौँ । काठमाडौँमा दुर्लभ वन्यजन्तु सुनौलो रङको कछुवासहित ६ जना पक्राउ परेका छ्न ।

अवैधरूपमा सुनौलो रङको कछुवाको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरी टोलीले टोखा नगरपालिका-५ स्थित सुनकोशी क्याफेबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-१० बन्थली घर भएका ३२ वर्षीय जयराम घिमिरे, सोही नगरपालिका–८ घर भएका ४२ वर्षीय नारायण थामी, सोही नगरपालिका–४ घर भएका २८ वर्षीय रूपक बस्नेत, काभ्रे नमोबुद्ध नगरपालिका–२ पातलेगाउँ घर भएका २६ वर्षीय रहर तामाङ, काभ्रे नमोबुद्ध नगरपालिका–३ घर भएका ४६ वर्षीय सुदर्शन तामाङ र उदयपुरको त्रियुगा नगरपालिका–१३ घर भएका ३८ वर्षीय राजकुमार राई रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए ।

पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार काठमाडौँ पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।