२०८० फाल्गुन १९ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । हरितालिका व्रतको एक दिन अगाडी नेपाली महिलाहरु आज दर खाने तयारीमा छन । दरखाने दिनसँगै चारदिने तीज पर्व आजदेखि शुरु हुँदैछ ।

दर खाएको भोलिपल्ट (तीजको दिन) निराहार व्रत बस्ने चलन भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने चलन छ । पछिल्लो समय तीज मनाउने शैली फेरिँदै गएको छ । महिना दिनदेखि दर खाने र रमाइलो गर्ने प्रचलन बढेको छ ।

नेपाली हिन्दू महिलाको महान चाड हरितालिका तीज नजिकिएसँगै गाउँघरदेखि सहरसम्मै रौनक देखिन थालेको छ । दर खाने दिन आज भएपनि सहर बजारमा भने केही दिनअघिदेखि नै महिलाहरुले सामूहिक दर कार्यक्रम आयोजना गरी नाचगान तथा रमाइलो गरिरहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।