२०८० फाल्गुन १९ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । पल्पामा तीजको गीतमा नाच्ने विषयमा झडप हुँदा एक जनाको चक्कु प्रहार गरी हत्या भएको छ ।

तिनाउ गाउँपालिका-२ दोभान, घोडेबासका विवाद हुँदा चक्कु प्रहार हुदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय २४ वर्षीय सुनिल खत्री रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिएका छन् ।

स्थानीय एक घरमा भेला भएर तीज गीतमा नाच्नेक्रममा सामान्य झगडा हुँदा राति साढे १२ बजे ती युवकमाथि धारिलो हतियार चक्कु प्रहार भएको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त घटनामा संलग्न रहेको भन्दै ४ जनालाई पक्राउ गरेको छन् । प्रहरीका अनुसार घटनाको आवश्यक अनुसन्धान सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।