
काठमाडौँ । राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरकारले ९६२ जनालाई विभूषित गर्ने भएको छ । शिक्षा मन्त्रालयले विभिन्न विभूषणका लागि नाम सार्वजनिक गरेको छ ।
विभूषित हुनेहरूमा नेपाल विद्या भूषण ’क’ तर्फ ७९० जना, नेपाल विद्या भूषण ’ख’ तर्फ ७१, नेपाल विद्या भूषण ’ग’ तर्फ ४४ जना, नेपाल छात्रा विद्या पदक ‘क’ तर्फ २८ जना, नेपाल छात्रा विद्या पदक ’ख’ तर्फ १८ जना र नेपाल प्रविधि विद्या भूषण तर्फ ११ जना गरी कुल ९६२ जना रहेका छन ।

२०७९ सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पसलाई पुरस्कृत गर्न लागिएको हो ।