
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले वडा समितिको नेतृत्व चयनको लागि पनि चुनाव गर्ने भएको छ ।
पार्टीको नियम बमोजिम आफ्नो सदस्यता विवरणमा मतदाता परिचय पत्र अनिवार्य अनलाइन अपलोड भएका पार्टी सदस्यता लिएका सबैले वडा समितिमा रहनको लागि उम्मेदवारी दिन सक्ने सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए । पार्टीले जारी गरेको विज्ञप्तिमा कार्तिक १० गते देखि १६ गते सम्म मतदान हुने र २० गतेभित्र परिणाम ल्याइसक्न उल्लेख छ । वडाको उम्मेदवार बन्न एक सय रुपैयाँ शुल्क लाग्ने विज्ञप्तिमा उल्लेख छ ।

वडा समितिमा ११ जना निर्वाचित सदस्यहरू (आरक्षणः ११ मध्ये दलित १ जना, महिला ४ जना, ४५ वर्ष मुनिका युवा ६ जना) हुनेछ। निर्वाचित मध्ये वडा सभापति, उपसभापति र सचिव छनौट हुनेछ ।