
काठमाडौँ । वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले दुई जनालाई घट्टकुलोबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा खोटाङ घर भएका ४५ वर्षीय राजकुमार गुरुङ र सुनसरी घर भएका २८ वर्षीय उदय गुरुङ रहेको प्रहरीले जनाएको छ ।

दुई जनाले जापानमा कुकमा जागिर लगाइदिन्छु भन्दै टेकप्रसाद गौतमसँग पटक–पटक गरी दुई लाख ७० हजार रुपैयाँ लिई सम्पर्कविहीन बनेका थिए । उनीहरुलाई पक्राउ गरि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।