
काठमाडौं । चाबहिलमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । चाबहिलस्थित सडकमा आज बेलुकी प्रदेश १ ०२-०५० प ६७८९ नम्बरको मोटरसाइकल र बा.प्र.०२-०४४ प २८५० नम्बरको मोटरसाइकल ठोक्किएका थिए।
दुर्घटनामा परी बा.प्र.०२-०४४ प २८५० नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौं पुतलीसडक बस्ने वीरगंज महानगरपालिका-१४का ३२ वर्षीय पर्शुराम महतो रहेका छन् ।

दुवै मोटरसाइकलमा सवार ३ जनाको ओम अस्पतालमा उपचार भैरहेको छ ।