
काठमाडौं ।सामसङले दशै लक्षित ‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै ’ अफर ल्याएको छ ।
नेपालीहरुको महान चाड दशैँ नजिकिँदै गर्दा सामसुङ नेपालले कुनै पनि सामसङ मोबाइल वा ट्याब्लेट खरिद गर्दा हरेक दिन उपहारस्वरूप टिभिएस एनटर्क १२५ सिसी जित्ने अफर ल्याएको हो । उक्त स्कुटरको बजार मुल्य अहिले दुई लाख ३३ हजार ९ सय मूल्यबराबरको रहेको छ ।

कम्पनीका योजना ५ असोजबाट सुरु भएर ३ कात्तिकसम्म कायम रहनेछ । जम्मा २५ दिनमा २५ जनाले उक्त उपहार प्राप्त गर्न सक्नेछन् । यद्यपि, ग्राहकले असोज २ गतेदेखि नै यस योजनामा सहभागी बन्न सकिने जनाइएको छ ।