
बारा । बाराको अम्लेखगंज स्थित निजगढ बाट काठमाडौं जादै गरेको ना १ ज ३८४७ न.को सुमो ब्रेक फेल भएर दुर्घटना हुदा ८ जना घाइते भएका छन । घाइते मध्ये एक को अवस्था गम्भीर रहेको छ भने अन्य सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घाइतेहरुको एल.एस.न्युरो अस्पतालमा उपचार हुदै छ ।
घाईतेहरु निजगढ -८ बस्ने २० वर्षिय बिकास कुमार चौधरी, ६४ वर्षिय नेथुलाल चौधरी, ६३ वर्षिय सजिया देवी चौधरी, वडा नं ०९ बस्ने १७ वर्षिय आदित्य भण्डरी, ३० वर्षिय सुमित्रा पौडेल न्यौपाने र उनको छोरा ८ वर्षिय सारान्स न्यौपाने ,जितपुरसिमरा उपमहानगरपालिका १६ पुलिवा बस्ने ३१ वर्षिय आरति तामाङ, अर्का एक जना जिल्ला सिन्धुलि दुधौली नगरपालिका-९ बस्ने ७ वर्षिय किसान पोख्रेल रहेका छ्न ।

प्रहरीले सुमो चालक निजगढ-९ बस्ने बर्ष ३७ को दिल बहादुर मगर लाई नियन्त्रणमा लिएको छ ।