
काठमाडौँ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभिटी) र नेपाल विद्यार्थी संघबीच १२० जनालाई छात्रवृत्ति उपलब्ध गराउने सहमति भएको छ ।
आगामी आर्थिक वर्षबाट थप आङ्गिक शिक्षालयबाट प्रमाणपत्र नर्सिङ कार्यक्रम सञ्चालनका लागि टोली बनाइ अध्ययन गर्ने दुई पक्षबीच सहमति बनेको छ ।

विकट जिल्लाका ८० पालिकाका दलित, मुस्लिम, विपन्न र सीमान्तकृतलाई परिषद्का तीनवटा आङ्गिक क्याम्पसमा पठनपाठन, खाना र आवास निःशुल्क हुने गरी सीटीईभीटी र नेविसंघबीच सहमति भएको छ ।