
काठमाडौं । डडेल्धुरामा एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका–३ का युवाहरु छन । उनीहरुसँगै सामूहिक बलात्कारमा संलग्न भएको भनिएका अर्का एक १८ वर्षीय किशोर भने फरार छन । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार २० वर्षीया एक युवतीमाथि वैशाख ५ गते नानिगाड खोलामा र गत वैशाख १२ गते डेकामा रहेको एउटा गोठमा लगेर युवातीलाई बलात्कार गरेको किटानी जाहेरी परेको छ । प्रहरीले उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।
