
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।
आज बिहान ११ बजे सानेपास्थित केन्द्रिय कार्यालयमा बैठक बस्न लागेको हो । आजको बैठकमा धारणा राख्न सुरु बाँकी केन्द्रिय सदस्यहरूले आ आफ्नो धारणा राख्नेछन ।

हिजो बसेको बैठकमा सभापति शेरबहादुर देउवाको सभापतित्वमा महामन्त्री गगनकुमार थापाले प्रस्तावहरू प्रस्तुत गरेका थिए ।