
बारा । बाराको महागढीमाई नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष शिवेन्द्र प्रताप सिंहले जग्गा दान गरेका छन् ।
समाजसेवामा निरन्तर समर्पित वडा अध्यक्ष सिंहले २ करोड मुल्य को जग्गा दान गरेका छन् ।

उनले अस्थायी प्रहरी चौकी तेलकुवाका , वडा कार्यालय र तेलकुवामा दलित समुदाय मुसहर जातीका लागि धर्मशाला निर्माणका लागि जग्गा प्रदान गरेका हुन् ।
नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन, वडा कार्यालयबाट सहज र सुलभ रूपमा छिटो छरितो रूपमा सेवा प्रवाह गर्नका लागि र विपन्न वर्गको पहुँचका हेतुले धर्मशाला निर्माणमा आफूले जग्गा दान गरेको वडाध्यक्ष सिंहले बताए ।