
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४० पैसा र बिक्री दर १३३ रुपैयाँ ०० पैसा रहेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ ८६ पैसा र बिक्री दर १४१ रुपैयाँ ५० पैसा रहेको छ।

राष्ट्र बैंकका अनुसार बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ०७ पैसा र बिक्री दर १६२ रुपैयाँ ८१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको छ ।