
काठमाडौँ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय आयोग गठनको विषयमा छलफल सुरु भएको छ ।
रक्षा मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काको अध्यक्षतामा सर्वदलीय बैठक जारी छ । बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रमुख दलका सचेतक प्रमुख सचेतक सहभागी छन ।

बैठकमा काँग्रेसबाट रमेश लेखक, एमालेबाट महेश बर्तौला, रास्वपाबाट रवि लामिछाने, जसपाबाट प्रदीप यादवलगायतका नेता उपस्थित छन ।