
काठमाडौँ । आज नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १९ दशमलव ४२ अङ्कले घटेर दुई हजार दस दशमलव ३५ अङ्क कायम भएको छ ।
आज दुई सय ८५ कम्पनीको ९० लाख तीन हजार ९ सय ४१ कित्ता शेयर ८१ हजार १० पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ३२ करोड ६८ लाख ९५ हजार दुई सय छ बराबरको कारोबार भएको छ । लघुवित्त समूहको उपसूचक शून्य दशमलव ९९ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।
