२०८० मंसिर १६ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

पर्सा । वीरगन्ज बाट लागु औषध बरामद भएको छ ।

प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मनियारीस्थित खेतमा ठूलो परिमाणमा बेवारिसे अवस्थामा रहेको लागु औषध बरामद गरेको हो ।

उक्त स्थान बाट प्रहरीले ८ हजार ९१५ पिस लागु औषध बेवारिसे अवस्थामा बरामद गरेको हो । दुई वटा बोरामा रहेको डाइजेपाम २ हजार ३३५ थान , नुर्फिन ३ हजार १६९ थान र फेनरागन ३ हजार ४११ थान गरी कूल ८ हजार ९१५ थान लागु औषध बरामद भएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताए ।

स्थानीयले दिएको सूचना अनुसार वडा प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलीले बेवारिसे अअवस्थामा रहेको उक्त लागु औषध बरामद गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।