
काठमाडौं । काठमाडौं महानगर र अभियन्ता ईः का प्रतिनिधि बीच वार्ता सुरु भएको छ ।
साना सडक व्यवसायीलाई विकल्पसहितको व्यवस्थापन गर्न माग गर्दै ८ दिनदेखि अभियन्ता ईः राष्ट्रिय सभा अगाडी उभेर विरोध गरिरहेका छ्न । ब्यापक आलोचना पछि महानगर र ईः का प्रतिनिधि बीच वार्ता केहि बेर अघि देखि सुरु भएको हो ।

वार्तामा महानगरका मेयर बालेन शाह र अभियन्ता ईः अनुपस्थित छ्न । महानगरपालिकाका तर्फबाट महानगरका प्रवक्ता नवीन मानन्धर, वडाध्यक्ष चीनकाजी महर्जन, कानुन विभाग प्रमुख बसन्त आचार्य, कुमार ब्यञ्जनकार लगायत को उपस्थिति रहेको छ ।
ईःका तर्फबाट विवेकशील अभियानका सहसंस्थापक गोविन्द नारायणको नेतृत्वमा अधिवक्ता सञ्जय अधिकारी, प्रज्वलत्ता कार्की, सडक व्यवसायीका प्रतिनिधि सुजन गिरी र शहरी पूर्वाधार विज्ञ राज महर्जन वार्तामा सहभागी छन ।
photo : Ganesh Karki /fb