२०८० मंसिर १६ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौँ । बनेपामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

मंगलबार राति ९ बजे बनेपा नगरपालिका-७ धनेश्वर गेट नजिकै टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक काभ्रे रोशी गाउँपालका-८ खार्पाचोकका ३९ वर्षीय सिद्धिकुमार लामाको मृत्यु भएको प्रहरीले जनाएको छ।

बनेपाबाट पनौती जाँदै गरेको बा.८४ प ६९५९ न.को मोटरसाइकललाई विपरीत दिशाबाट आएको बा.४ ख.९९७५ न.को टिपरले ठक्कर दिएको थियो।

ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि शिर मेमोरियल अस्पतालमा लगिएको थियो। थप उपचारका लागि उनलाई अन्नपूर्ण न्युरो अस्पतालमा लगिएकोमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले टिपर र टिपर चालकलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।