
काठमाडौं । बारा प्रहरीले शंकास्पद २६ लाख मूल्य बराबरको अलैंची बरामद गरेको छ ।
प्रहरीले नियमित चेक जाँचका क्रममा बुधबार दिउँसो पथलैया चोकबाट अलैंचीसहितको गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीका अनुसार लमजुङबाट झापा तर्फ जाँदै गरेको ना।६ ख ७१०५ नम्बरको गाडीलाई रोकी चेक जाँच गर्दा १३ सय किलो अलैंची बरामद भएको हो ।