
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३२।५७ रुपैयाँ रहेको छ भने बिक्री दर १३३।१७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८५।३१ रुपैयाँ रहेको छ भने बिक्री दर ८५।६९ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । युरोपियन युरो एकको खरिद दर १४०।१५ रुपैयाँ रहेको छ भने बिक्री दर १४०।७९ रुपैयाँ रहेको छ ।

राष्ट्र बैंक का अनुसार बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१।७३ रुपैयाँ रहेको छ भने बिक्री दर १६२।४६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८।२३ रुपैयाँ रहेको छ भने बिक्री दर २८।३६ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५।३५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।५१ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।