
युनिक यादव, काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सिमरा बिधालय का शिक्षक ब्रहमदेव पासवानको सरुवा को विषय अहिले सामाजिक संजालमा चर्चा छ ।
शिक्षक ब्रहमदेव पासवानको उपमहानगरले सिमरा बाट हरपुर सरुवा गरेको थियो । उनी सिमरा बाट रमाना लिएर हरपुर पुगेका थिए । तर हरपुर बिधालय ले उनलाई हाजिर नै गराएन । हाजिर नगराए पछी उनी उपमहानगरमा निवेदन दिएका थिए । तर उपमहानगरले वास्ता गरेन । सामाजिक संजालमा उनको सरुवा को विषय उठे पछी मेयर राजन पौडेलले आफ्नो फेसबुक मा लेख्दै ध्यानाकर्षण भएको बताएका थिए ।

मेयर पौडेलले शिक्षक पासवानको हाजिर नभएको स्विकार्दै उपमहानगर कार्यालय मै ब्यवस्थापन गरेको बताए । सामाजिक संजाल मा उपमहानगर को बिरोध गर्दै देशभर बाट आवाज उठन थाले पछी मेयर पौडेलले उनको तलब पाउने गरि उपमहानगर मा हाजिर गरिएको र छिटो ब्यवस्थापन गरिने बताएका थिए ।
शिक्षक पासवानले असोज ८ गते देखि उपमहानगर मै हाजिर गरेको बताएका छन् । उनले दैनिक माण्डु संगको कुराकानीमा असोज ८ गते देखि कार्यालय मै हाजिर भए पनि बिधालय मा हाजिर गर्न नदिएको बताए । उनले आफ्नो कार्यकाल २ वर्ष मात्र भएको समेत बताएका छन् ।
उनले दैनिक माण्डु संगको कुराकानीमा भने , ” यदि उपमहानगरले बिधालयमा हाजिर नगराइ कार्यालय मै मात्र हाजिर गर्न लगायो भने अब म राजीनामा दिन्छु । मैले आफुले काम गरेको तलब लिन्छु , बिना कामको पैसा चाहिदैन ” ।
शिक्षकलाई न्याय दे भन्दै विरोध
शिक्षक ब्रहमदेव पासवानको न्यायका लागी उनका पुर्व विद्यार्थीहरुले आज सिमरा चोकमा शिक्षक ब्रहमदेव पासवानलाई न्याय दे भनेर जीतपुरसिमरा उपमहानगरपालिका लाई ध्यानाकर्षण गराएका छन् । युवाहरुले “शिक्षक ब्रहमदेव पासवानलाई न्याय दे ” भन्दै ब्यानर नै टासं गरेर न्यायको माग गरेका छन् ।