२०८० फाल्गुन ९ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक सङ्घीयता विरोधी रहेको बताएका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले लोक सेवा आयोग प्रदेश मातहत र निजामती सेवा स्थानीय तहमा पनि भइरहँदा माध्यमिक शिक्षा बोर्डलाई केन्द्र मातहत राख्नुले विधेयक सङ्घीयता विरोधी देखिएको बताएका हुन्।मुख्य सरोकारवाला विद्यार्थी र अभिभावकलाई विद्यालय शिक्षा विधेयकले सम्बोधन नगरेको पनि उनले बताए।

‘शिक्षकहरूले आन्दोलन गरेर आफ्नो माग गरे, निजी विद्यालयले पनि माग पूरा गरे तर आम विद्यार्थीको माग कसले राखिदिने ?,’ उनले प्रश्न गरे।

विद्यार्थीहरूले १० कक्षा पास गरेपछि १ वर्ष अनिवार्य प्राविधिक शिक्षा पढ्नै पर्ने व्यवस्था विधेयकमा राख्नुपर्ने पनि उनले बताए। सँगै शिक्षकहरूलाई निजामती कर्मचारीभन्दा २५ प्रतिशत बढी सेवा सुविधा दिने व्यवस्था गरिनुपर्ने उनले बताए। यसो गर्नाले उत्कृष्ट व्यक्तिहरू शिक्षण पेसाप्रति आकर्षित हुने उनको भनाइ छ।

उनले भने “तर विद्यार्थीहरूले राम्रो र गुणस्तरीय शिक्षा पाएको सुनिश्चित गर्न शिक्षकले पनि वार्षिक रूपमा आफ्नो मूल्याङ्कन गर्न सक्नुपर्छ। उनीहरू शिक्षा दिनका लागि योज्ञ छन कि छैनन त्यसको वार्षिक मूल्याङ्कन हुनुपर्छ” ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।