
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वाजनिक गरेको छ ।
यस्तै आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा रहेको छ । युरो एकको खरिद दर १४० रुपैयाँ ३४ पैसा र बिक्री दर १४० रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको छ । आज कुवेती दिनार एकको खरिद दर ३२९ रुपैयाँ ८० पैसा र बिक्री दर ४३१ रुपैयाँ ७५ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ३० पैसा र बिक्री दर १६३ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।