२०८० फाल्गुन १९ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

नेपालगञ्ज । नेपालगञ्जको जनजीवन सामान्य हुँदै गएको छ । नेपालगञ्जमा दिउँसोको समयमा जारी निषेधाज्ञा र रातिको ‘कर्फ्यु’ खुकुलो बनाइएको स्थानीय प्रशासनले जनाएको छ ।

यही असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो भने असोज १८ गतेदेखि दिउँसोको कर्फ्यु हटाइ रातिको कफ्र्यू कायमै राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए ।

उनका अनुसार जनजीवन सामान्य बन्दै गएपछि निषेधाज्ञा र कर्फ्युको समयावधि कम गरिएको हो । जसले गर्दा विद्यालय र कलेज सञ्चालनमा आएका छन भने बजारमा पनि केही पसल खुलेका छन ।

जिल्ला प्रशासन कार्यालय बाँकेले आज सूचना जारी गर्दै बिहान १० देखि राति १० बजेसम्म पाँच जनाभन्दा बढी भेला भई प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा कायम गरेको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।