२०८० फाल्गुन १९ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

पर्सा । बडादसैँ आएसँगै वीरगन्ज बजारमा व्यक्तिको चहलपहल बढेको छ । देशकै आर्थिक राजधानी वीरगन्जमा व्यक्तिको चहलपहल बढेपनि सबै पसल प्रायः सुनसान नै देखिन्छन ।

सीमावर्ती भारतीय सहर रक्सौलबाट सहजै खरिद गरिएका लत्ताकपडा, खाद्यान्न तथा इलेक्ट्रिक, इलोट्रोनिक्सका सामान सहजै नेपाल भित्रिन थालेपछि वीरगन्जको खुद्रा कारोबार घट्दै गएको व्यापारी बताउँछन ।

भन्सारमा लाग्ने करले गर्दा वीरगन्जको तुलनामा रक्सौल बजारमा केही वस्तुको मूल्य सस्तो छ । सस्तो भएकाले यहाँका ग्राहक रक्सौल बजारबाटै सामान खरिदगर्छन । वीरगन्ज बजारको कारोबार घट्दै गएको विद्युतीय खुद्रा कारोबारी दीपक सर्राफको भनाइ छ । उनले व्यापारको यस्तै अवस्था रहे छठपर्वपछि वीरगन्जका आधी पसल बन्द हुने बताए ।

गत वर्षको दसैँभन्दा यसपालिको दसैँमा कारोबार अत्यन्त कम भएको कपडा व्यापारी पङ्कज रौनियारले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।