२०८० फाल्गुन ९ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता एवं प्रवक्ता धर्मेन्द्र बास्तोला आठ दिनदेखि प्रहरीको हिरासतमा रहेका छन ।

उनले चलाएको बा ९ च ७१९८ नम्बरको गाडी विपरीत दिशातर्फ गइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उनले चलाएको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भ​एको थियो ।

मोटरसाइकल चालक दाङको राप्ती गाउँपालिका- ५ का २९ वर्षका बसन्तराम चौधरीको मृत्यु भएको हो ।

घटनालगत्तै प्रहरीले नियन्त्रणमा लिएका नेता बास्तोला अहिले पनि हिरासतमै छन । दसैँ बिदाका कारण कात्तिक १२ गतेमात्रै कार्यालय खुल्ने र त्यसपछि मात्रै अदालती प्रक्रियाको काम सुरु हुने दाङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।