२०८० फाल्गुन १० | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौँ । रुपन्देहीमा दसैँको दिन दुर्गा मूर्ति विसर्जनको क्रममा डुबेर बेपत्ता युवकको शव तीन दिनपछि भेटिएको छ ।

दुर्गा मूर्ति विसर्जनका क्रममा मङ्गलवार दिउँसो रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर १ र ५ को सिमानामा रहेको दुई मुहान (नदी) मा डुबेर कोटहीमाई( १ का २० वर्षीय युवा सन्तकुमार राजभर बेपत्ता भएपछि खोजतलासका लागि सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन तालिम प्राप्त गोताखोरको टिम परिचालन गरिएको थियो ।

कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपालको विपद व्यवस्थापन तालिम शिक्षालयबाट ९ जना गोताखोर ल्याएर खोजतलास गरिएको र बिहीबार शव फेला परेको सशस्त्र प्रहरी बल नेपाल नँ २७ नम्बर गण हेडक्वाटर भैरहवा, रुपन्देहीका सशस्त्र प्रहरी नायब उपरीक्षक तुलसीराम पाण्डेयले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।