२०८१ जेष्ठ ८ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

बारा । बाराको कलैया उपमहानगरपालिका-६ स्थित बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्यामा संलग्न भएको भन्दै प्रहरीले आज ५ जनालाई सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलन गरी हत्यामा संलग्न मुख्य योजनाकार एक महिला सहित ५ जनालाई सार्वजनिक गरेको हो । प्रहरीले सार्वजनिक गरेको मध्ये मुख्य योजनाकार त्यि महिला स्वर्णकार प्रिन्सिपल रहेको बाल एकताको पुर्व कर्मचारी रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । त्यस्तै पक्राउ परेका दुई जना हाल सोही बिधालयमा काम गर्दै आएका छन । अन्य दुई जना भारतीय रहेको प्रहरीले जनाएको छ ।

घटनाको मुख्य योजनाकार कलैया उपमहानगरपालिका-६ की २२ वर्षीया राधा गुप्ता पक्राउ परेकी छन् । त्यस्तै विद्यालयमा काम गर्ने ३४ वर्षीय जामिल अख्तर , २६ वर्षीय रियाज अंसारी पक्राउ परेका छन् । उनीहरूले यस घटनामा सहयोगी भूमिका खेलेको अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक सुरेश काफ्लेले पत्रकार सम्मेलनमा बताए ।
त्यस्तै अन्य दुई जना भारतको मोतिहारी पूर्वी चम्पारणका २३ वर्षीय अभिनवकुमार राजपुत र २३ वर्षीय चन्द कुमार पक्राउ परेका छन्। उनीहरूले खबर संकलन र आदानप्रदान गर्ने गरेको अनुसन्धानमा खुलेको छ ।

प्रहरी उपरीक्षक काफ्लेका अनुसार हत्याको कारण विवाहेत्तर प्रेम सम्बन्ध र रिसिइबीका कारण रहेको बताए । पक्राउ परेकी राधा गुप्ता तीन वर्षदेखि भारतीय नागरिक मनोज गुप्‍तासँग प्रेममा रहेको पनि देखिएको जनाएको छ । मनोज संग प्रेम भए पनि रुपेश स्वर्णकार र राधाबीच पनि सम्बन्ध रहेको प्रहरी अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।  राधा र रुपेश बिचको अनैतिक सम्बन्धको विषय लाई लिएर राधा, मनोज र रूपेशबीच विवाद र झगडा भएकाले हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको पत्रकार सम्मेलनमा काफ्ले ले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।