
काठमाडौँ । रामेछापको मन्थली विमानस्थलमा दुई पाइलटबिच कुटाकुट भएको खबर बाहिरिएको छ ।
आज बिहान लुक्लाका लागि काठमाडौँबाट तारा एयरको फ्लाइट नम्बर १११ मा गएका पाइलट सन्तोष शाह र मन्थली क्याम्पमा नै रहेका पाइलट सञ्जीव श्रेष्ठ बीच कुटाकुट भएको हो ।
काठमाडौँ–लुक्ला ट्रान्जिटको रूपमा मन्थली विमानस्थल रहेकोे छ । तारा एयरले ब्यक्तिगत रिसिबी को कारण उक्त स्थिति स्रिजना भएको र दुबैलाई निलम्बित गरिएको जनाएको छ ।
