
काठमाडौँ । आज सुनको मूल्य २ सय रुपैयाँले बढेको छ ।
शुक्रबार छापावाला सुन २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसै गरी चाँदीको मूल्य भने २५ रुपैयाँले घटेको छ । चाँदी तोलामा १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।