२०८१ असार २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प मा परी १३६ जनाको मृत्यु भएको छ ।

जाजरकोटमा मात्रै ९८ जनाको मृत्यु भएको र ८१ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले दैनिकमाण्डु लाई पुष्टि गरेका छन् ।

उनका अनुसार भूकम्पमा परी रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् । हाल सम्म शुक्रबारको भुकम्पमा परी १३६ जनाले आफ्नो ज्यान गुमाएका छन् भने सयौंको संख्यामा घाइते भएका छन् ।

त्यस ठाउँका अस्पतालहरु भरीभराउ रहेको जिल्ला स्थित हाम्रा सम्बादाताले जानकारी दिएका छन् । यसै बीच भुकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल चिकित्सक को टोलि सहित पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।