२०८० मंसिर १६ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

सिरहा । गोलबजार नगरपालिका–३ जमदहस्थित सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार साह विद्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेका छन ।

विद्यालयको निमार्णधीन तेस्रो तल्लाको सभाहलमा झुण्डिएको अवस्थामा आइतबार साह भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता तथा प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले बताए ।

मिर्चैया नगरपालिका–६ निवासी प्रधानाध्यापक साहको मोटरसाइकल विद्यालयमै भेटिए पनि उहाँ नभेटिएपछि लामो समयसम्म खोजी भएको थियो । खेजीको क्रममा शिक्षक साह विद्यालयमै झुण्डिएको अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बिहानै विद्यालय पुगेका शिक्षक साह किन झुण्डिएको भन्ने विषयमा अहिलेसम्म केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।