
काठमाडौँ । पाटन अस्पतालमा आज आकस्मिक बाहेकका सेवाहरु ठप्प पारिएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आकस्मिकबाहेकको सेवा ठप्प पारेका छन ।
गलत औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि बिरामीका आफन्तले आफन्त गरेपछि आन्दोलित आवासीय चिकित्सकले अस्पतालको सेवा ठप्प पारेका हुन ।

गत शनिबार पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको थियो । त्यसपछि आक्रोशित आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेको अस्पतालले आरोप लगाएको छ ।