
काठमाडौं । आज पनि सुनको मूल्य घटेको छ । छापावाला सुन प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख १५ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १४ सय ५ रुपैयाँ कायम भएको छ ।
