
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले १४ बुँदे सुझाव दिएका छन ।
सभापति लामिछानेले केही दिन अघि जाजरकोट केन्द्र बिन्दु बनाएर आएको भुकम्पमा परी क्षति भएको स्थान जाजरकोट र रुकुम पश्चिम पुगेका थिए । उनी त्यस ठाउ बाट फर्किए लगत्तै प्रधानमन्त्री लाई भेटन पुगेका थिए । भेटमा लामिछानेले राहत व्यवस्थापन र वितरण, पीडितले तत्काल भोगेका समस्या र थप बन्दोबस्तीबारे प्रधानमन्त्रीलाई १४ सुझाव दिएका हुन ।

‘भूकम्पपीडितले पाएका छैनन्। प्रमुख जिल्ला अधिकारीले मात्रै सम्हाल्न सक्ने स्थिति रहेन, सरकारको त्यसतर्फ ध्यान जाओस्। हामीले ५१ जना स्वयम सेवक उपलब्ध गराउँछौ भन्दा पनि सरोकारवालाले लिन नचाहेको पाएँ।राहत वितरणमा एकरूपता नभएको देखियो । दलगत हिसाब अथवा त्यस ठाउँको जनप्रतिनिधि कुन पार्टीका हुन त्यही पार्टीका समर्थकले मात्रै राहत पाएको गुनासो आमसमुदायले गरेका छन्। राहतमा राजनीति नगरिदिनु भनी सम्बन्धित सबैको ध्यानाकर्षण गर्नुपर्ने देखिएको छ,’ उनले भनेका छन्।